नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार १ सय कायम भएको छ भने एक तोला चाँदीको मोल ३ हजार ८ सय ५ निर्धारण भएको छ ।
काठमाडौँ — बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार १ सय कायम भएको छ भने एक तोला चाँदीको मोल ३ हजार ८ सय ५ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार १ सय निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ७ सय ५० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २ सय ४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
