दुई अर्बको मात्रै ठेक्का तोडेका छौं निर्माण व्यवसायी आत्तिनु पर्दैन : सचिव शर्मा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा भन्छन् : 'जथाभावी रुपमा ठेक्का तोडिएको भए निर्माण व्यवसायीले न्याय पाउँछ ।'

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

We have only broken contracts worth Rs 2 billion, construction entrepreneurs need not panic: Secretary Sharma

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा एकीकृत खरिद ऐन नै बनाएर गल्ती गरियो कि भनेर अभिव्यक्ति दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको  ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘आजको दिनसम्म पनि भारतमा खरिद ऐन छैन । किनकि, क्षेत्रअनुसार आफ्नै आफ्नै समस्या र विशेषता हुन्छन् । त्यसको लागि ऐन पनि छुट्टा छुट्टै हुन्छ,’ शर्माले भने, ‘डटपेन र जहाज किन्ने ऐन एउटै भयो भने समस्या हुन्छ । त्यसैले भारतमा खरिद ऐन छैन । ठेक्का सम्झौतामै धेरै कुराहरु सम्बोधन गरिन्छ । ऐनबाट हुँदैन ।’

निर्माण कम्पनीमा कर्पाेरेट कल्चर विकास हुनुपर्ने बताए । निर्माण कम्पनीको संख्या घटाएर क्षमता बढाउनुपर्ने उनले बताए । पछिल्लो समय कोरोना लगायतका कारण पनि ठेक्का रुग्ण भएको बताए । 

अब परियोजनाको लागत अनुमान गर्दा नै सामाजिक क्षेत्रमा हुने खर्चलाई पनि समावेश गर्नुपर्ने बताए । कतिपय अवस्थामा स्थानीयको माग सम्बोधन गर्दा पनि लागत बढ्न गई ठेक्का रुग्ण भएको उनले बताए । 

जथाभावी रुपमा ठेक्का तोडिएको भए निर्माण व्यवसायीले न्याय पाउने पनि उनले बताए । हालसम्म दुई अर्बको मात्रै ठेक्का तोडिएकाले निर्माण व्यवसायी आतिन नपर्ने बताए ।

कान्तिपुर

Link copied successfully