सातौं कारोबार दिनमा बढ्यो नेप्से

कुल १४८ कम्पनीको सेयर मूल्य बढ्यो भने १०१ कम्पनीको मूल्य घट्यो, ९ कम्पनीको मूल्य स्थिर रह्यो । 

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

NEPSE rises for seventh trading day

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ७.३९ अंकले बढेको छ । सातौं कारोबार दिनमा नेप्से परिसूचक बढेको हो । कुल १४८ कम्पनीको सेयर मूल्य बढ्यो भने १०१ कम्पनीको मूल्य घट्यो, ९ कम्पनीको मूल्य स्थिर रह्यो । 

लघुवित्त, निर्जीवन बिमा, व्यापार र बैंकिङ उपसमूह घट्यो । निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, व्यापार, विकास बैंक उपसमूह बढ्यो ।

कलु ६२ हजार ६६५ पटकको सेयर किनबेचमा ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ८७ हजार ४२ हजार ८४ कित्ता सेयर किनबेच भयो । 

स्वस्तीक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य ३.८८ प्रतिशतले घट्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully