नेपाल उद्योग परिसंघ र सामाजिक सुरक्षा कोषबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी

समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Memorandum of Understanding (MoU) between Confederation of Nepalese Industries and Social Security Fund to strengthen workers' safety

What you should know

काठमाडौँ — नेपाल उद्योग परिसंघ (सीएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) बीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।नेपाल उद्योग परिसंघ (सिएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) ले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आबद्ध गराउन प्रोत्साहन गर्न समझदारी गरेको हो ।

समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।

सहकार्यअन्तर्गत परिसंघले आफ्ना सदस्य उद्योगहरूलाई सामाजिक सुरक्षा योजनामा जोड्न सहयोग गर्न, देशभर सचेतना कार्यक्रम सञ्चालनमा गर्न, आवश्यक जानकारी उपलब्ध गराउन तथा श्रमिकका दीर्घकालीन हित सुनिश्चित गर्ने उद्देश्य रहेको जनाएको छ ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यो सहकार्य श्रमिक र उद्योग दुवैका लागि अत्यन्त महत्त्वपूर्ण भएको बताए । उनले  उद्योगीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यवहारिक र पहुँचयोग्य बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोष श्रमिकको जीवन सहज र सुरक्षित बनाउने एक महत्वपूर्ण आधार भएको बताए । समझदारीले सबै क्षेत्रका श्रमिक र रोजगारदाताको सक्रिय सहभागिता अभिवृद्धि  गर्न र दर्ता प्रणालीमा समाहित हुन सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

उक्त कार्यक्रममा परिसंघका उपाध्यक्ष भीम घिमिरेले सामाजिक सुरक्षा कोष कल्याण कार्यक्रम मात्र नभएर मानव पूँजी विकासको मुख्य आधार रहेको बताए । उनले परिसंघले यस्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम प्रदेश स्तरमा पनि बृहत रुपमा संचालन गर्ने बताए ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकरी ले सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजान र श्रमिकका सुविधाहरूलाई विस्तार गर्दै लैजान यो सहकार्य महत्वपूर्ण रहेको बताए ।

कान्तिपुर

Link copied successfully