बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये जलविद्युत्, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापारको परिसूचक सामान्य बढे । बाँकी उपसमूहको परिसूचक घटे ।
काठमाडौँ — साप्ताहिक कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३.०२ अंकले घटेको छ । आइतबारको तुलनामा ०.११ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ६.६७ विन्दुमा ओर्लेको छ । यो सँगै नेप्सेमा पछिल्लो ६ दिन देखि लगातार गिरावट आइरहेको छ ।
सोमबार कारोबारमा आएकामध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्यो, १४७ कम्पनीको मूल्य घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रहृयो । यसदिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या धेरै भएकाले समग्र नेप्से घटेको हो ।
सो दिन कुल ८३ हजार २ सय ७३ पटकको सेयर कारोबारमा १ करोड १ लाख ४६ हजार ४ सय कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । आइतबार सेयर बजारमा ५ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये जलविद्युत्, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापारको परिसूचक सामान्य बढे । बाँकी उपसमूहको परिसूचक घटे ।
