महासंघका अनुसार आइतबार ३,६०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३,५८५ रुपैयाँमा झरेको छ, मूल्यमा २० रुपैयाँको गिरावट आएको छ।
काठमाडौँ — सोमबार सुनको मूल्य सामान्य रूपमा बढेको छ। आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ।
चाँदीको मूल्य भने तोला २० रुपैयाँले घटेको महासंघले जनाएको छ। आइतबार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको छ।
