नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३३ करोड रुपैयाँको कारोबार

८९ हजार ७३१ पटकको सेयर किनबेचमा ५ अर्ब ३३ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

Double-digit decline in NEPSE, turnover of Rs 5.33 billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २१.४८ अंकले घटेको छ । शून्य दशमलव ८१ प्रतिशतले घटेर नेप्से २६ सय ९ दशमलव ६९ विन्दुमा ओर्लिएको छ । 

कुल ४६ कम्पनीको मूल्य बढ्यो, २०४ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

साताको पहिलो कारोबार दिन आइतबार सबै उपसमूह घटे । घट्ने उपसमूहमा होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन लगायत अघि रह्यो । 

नेप्सेका अनुसार ८९ हजार ७३१ पटकको सेयर किनबेचमा ५ अर्ब ३३ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार मात्रै १ करोड ७ लाख १८ हजार ६१५ कित्ता सेयर किनबेच भए । 

स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । झापा इनर्जीको सेयर मूल्य ९.९९, मेन्छियाम हाइड्रोपावरको ५.३७, आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चरको ३.८२ प्रतिशतले बढ्यो । 

बुंगल हाइड्रोको ८.५१, माबिलुङ इनर्जीको ६.९८, सागर डिस्टिलरीको ६.९०, मिथिला लघुवित्तको ५.९०, नारायणी विकास बैंकको ५.२१ प्रतिशतले सेयर मूल्य घट्यो । 

कान्तिपुर

Link copied successfully