सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल तीन हजार ५५५ निर्धारण भएको छ ।

मंसिर १९, २०८२

कान्तिपुर संवाददाता

A slight decline in the price of gold and silver

काठमाडौँ — बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल तीन हजार ५५५ निर्धारण भएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६२५ मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

कान्तिपुर

Link copied successfully