टाटा टियागो इभीको मूल्य २७ लाख ४९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
काठमाडौँ — टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा टियागो विद्युतीय सवारी (ईभी) मा 'ग्रेटेस्ट अफर अफ अल टाइम' अफर घोषणा गरेको छ। यो अफरअन्तर्गत ग्राहकले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू पाउनेछन् ।
ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि, आइफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् ।
योजनामा एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता सुविधाहरू समेत समेटिएका छन्। यी सुविधाले ग्राहकलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।
टाटा टियागो ईभीको मूल्य २७ लाख ४९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
