नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
काठमाडौँ — बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मोल तीन हजार ६२५ रुपैयाँ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।
