आज बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्को अवधि सकिएकाले पुनः ६० अर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

Nepal Rastra Bank withdraws Rs 60 billion from the market today

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (बुधबार) पनि राष्ट्र बैंकले बजारबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्को अवधि सकिएकाले पुनः ६० अर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २८ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अन्तर बैंक ब्याज दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन खरिदका लागि आज (बुधबार) दिउासो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पााच करोड रुपैयााले भाग गर्दा निशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully