घट्यो सुनको मूल्य

आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार ३ सय कायम भएको छ ।

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

Gold price drops

काठमाडौँ — आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनको असर देखिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार ३ सय कायम भएको छ । चाँदीको मूल्य भने बढेर तोलामा ३ हजार ५४५ निर्धारण भएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ६ सय कायम भएको थियो भने एक तोला चाँदी ३ हजार ५३५ मा कारोबार भएको थियो ।

कान्तिपुर

Link copied successfully