लघुवित्तले प्रवाह गर्ने कर्जाको सीमा बढ्यो, अब धितोमा १५ लाखसम्म

लघुवित्तले बिनाधितो प्रवाह गर्ने ऋणको सीमा भने यथावत् राखिएको छ ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

The limit of loans disbursed by microfinance has been increased, now up to 1.5 million rupees on collateral.

काठमाडौँ — लघुवित्त वित्तीय संस्थाले अब घितोमा १५ लाखसम्म कर्जा प्रवाह गर्न पाउने भएका छन् । यो करिब चार वर्षअघिकै अवस्था हो ।

त्यसयता लघुवित्त क्षेत्रमा समस्या आएको भन्दै राष्ट्र बैंकले १५ लाखको सीमा घटाएर ७ लाख बनाएको थियो । मौद्रिक नीतिको पहिलो समीक्षामार्फत र राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्ने ऋणको सीमा बढाएको हो ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षामा यस्तो व्यवस्था गरिएको छ । लघुवित्तले बिनाधितो प्रवाह गर्ने ऋणको सीमा भने यथावत् राखिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully