व्यक्तिगत ओभरड्राफ्टमा १ करोडसम्म ऋण लिन पाइने

यसअघि राष्ट्र बैंकले उक्त सीमा घटाएर ५० करोड बनाएको थियो ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Personal overdraft loans of up to Rs. 10 million can be taken

काठमाडौँ — व्यक्तिगत ओभरड्राफ्टमा एक करोड रुपैयाँसम्म ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत उक्त व्यवस्था गरेको हो । यसअघि यस्तो सीमा ५० लाख मात्र थियो । 

ओभरड्राफ्टमार्फत ऋण लिन पाउने व्यक्तिगत सीमा विगतमा एक करोड नै थियो । तर, राष्ट्र बैंकले उक्त सीमा घटाएर ५० करोड बनाएको थियो । अहिले फेरि त्यो सीमा बढाएर ५० लाखबाट एक करोड बनाइएको हो ।

‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) कर्जाको विद्यमान सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरिनेछ,’ राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा भनिएको छ ।

कान्तिपुर

Link copied successfully