इलामलगायत जिल्लामा आएको बाढीपहिरो प्रभावित ऋणीहरुका लागि राष्ट्र बैंकले यो सुविधा दिएको हो ।
काठमाडौँ — हालैको बाढीपहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायीले ऋण पुनरसंरचना/पुनर्तालिकीकरण गर्न पाउने भएका छन् ।
तर, यसका लागि उनीहरुले तिर्न बाँकी ब्याजदको कम्तिमा १० प्रतिशत रकम भने तिर्नुपर्नेछ । खासगरी इलामलगायत जिल्लामा आएको बाढीपहिरो प्रभावित ऋणीहरुका लागि राष्ट्र बैंकले यो सुविधा दिएको हो ।
‘हालैको बाढी/पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एकपटकको लागि पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ,’ राष्ट्र बैंकले भनेको छ ।
