पाँचै दिन बढ्यो सेयर बजार, ११५ अंक माथि उक्लियो नेप्से

गत साता ६ करोड २९ लाख ८० हजार कित्ता सेयर किनबेचमा ३२ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो साता सबै उपसमूह बढेको एनपी स्टक्सले जनाएको छ ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

Stock market rises for five days, NEPSE rises 115 points

What you should know

काठमाडौँ — गत साता नेप्से परिसूचक ११५.७४ अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४ दशमलव ५२ प्रतिशतको वृद्धिपछि २६ सय ७६ दशमलव ०३ विन्दुमा बन्द भएको हो । गत साता २ सय ३९ कम्पनीको सेयर मूल्य बढ्यो भने १९ कम्पनीको घट्यो । समग्रमा मूल्य घट्नेभन्दा बढ्ने कम्पनी बढी हुँदा समग्र नेप्से वृद्धिमा टेवा पुगेको हो । 

सातामा पाँच दिन कारोबार हुँदा नेप्से सबै दिन बढ्यो । नेप्से आइतबार ३९.९२, सोमबार ५०.४४, मंगलबार ५.३२, बुधबार ९.६१ र बिहीबार १०.४३ अंकले बढ्यो । गत साता ६ करोड २९ लाख ८० हजार कित्ता सेयर किनबेचमा ३२ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो साता सबै उपसमूह बढेको एनपी स्टक्सले जनाएको छ । 

सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसमूह बढ्यो भने व्यापार उपसमूह शून्य दशमलव २० प्रतिशत मात्रै बढ्यो । उत्पादन तथा प्रशोधन ७.२४, जीवन बिमा ७.१०, होटल तथा पर्यटन ६.७१, निर्जीवन बिमा ५.४८, बैंकिङ ५.२४, लगानी ४.८५, लघुवित्त ४.२२, अन्य ३.७९, विकास बैंक ३.१५, जलविद्युत् २.६६ र फाइनान्स २.५२ प्रतिशतले बढ्यो । 

सागर डिस्टिलरी, झापा इनर्जी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक, बन्दीपुर केबल कार एन्ड टुरिज्म, रिभर फल्स पावर, हिमाल दोलखा हाइड्रोपावर, सूर्यज्योति जीवन बिमा, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र नारायणी विकास बैंकका लगाीनकर्ताले आफ्नो सेयर मूल्य बढाए । सागर डिस्टिलरीको ६१.०१ र नारायणी विकास बैंकको १०.९३ प्रतिशतले सेयर मूल्य बढेको छ । 

पिपल्स हाइड्रोपावर, धौलागिरि लघुवित्त, सप्तकोशी विकास बैंक, मोदी इनर्जी, उन्नति सहकार्य लघुवित्त, माबिलुङ इनर्जी, बुंगल हाइड्रो, सिन्धु विकास बैंक, सुपर मादी हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले आफ्नो सेयर मूल्य गुमाए । पिपल्स हाइड्रोपावरको ८.८९, धौलागिरि लघुवित्तको ६.०७, सप्तकोशी विकास बैंकको ६.०४, मोदी इनर्जीको ५.७३, उन्नति सहकार्य लघुवित्तको ५.७२, माबिलुङ इनर्जीको ५.४६, बुंगल हाइड्रोको ४.०७, सिन्धु विकास बैंकको ४.०५, सुपर मादी हाइड्रोपावरको ३.२४ र माउन्टेन हाइड्रो नेपालको २.२२ प्रतिशतले सेयर मूल्य घट्यो । 

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, नेपाल रिइन्स्योरेन्स, राधी विद्युत् कम्पनी, ङादी ग्रुप पावर, नेपाल लाइफ इन्स्योरेन्स, बन्दीपुर केबलकार एन्ड टुरिजम, हिमालयन डिस्टिलरी र बरुण हाइड्रोपावर अघि रहे । 

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २ अर्ब ४ करोड ९१ लाख, हिमालयन रिइन्स्योरेन्सको ९४ करोड ५८ लाख, शिवम् सिमेन्टको ८९ करोड २८ लाख, नेपाल रिइन्स्योरेन्सको ८२ करोड ५३ लाख, राधी विद्युत् कम्पनीको ६८ करोड ६८ लाख, ङादी ग्रुप पावरको ६८ करोड २६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ६६ करोड ३८ लाख, बन्दीपुर केबल कार एन्ड टुरिजमको ६५ करोड २३ लाख, हिमालयन डिस्टिलरीको ६४ करोड १२ लाख र बरुण हाइड्रोपावरको ६४ करोड ६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । 

गत साताभर नेप्से ११५.७४ अंकको वृद्धिपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) १ खर्ब ९४ अर्ब ३३ करोड ८४ लाख रुपैयाँले बढेको छ  । अघिल्लो बिहीबार ४२ खर्ब ९८ अर्ब ७८ करोड ४० लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण गत बिहीबार ४४ खर्ब ९३ अर्ब १२ करोड २४ लाख रुपैयाँमा कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण बढ्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा बढी हुनु हो । यही आधारमा पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको रूपमा विश्लेषण गरिन्छ ।

कान्तिपुर

Link copied successfully