आज पनि बढ्यो सुनचाँदीको भाउ

एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा तीन हजार ४९० निर्धारण भएको छ ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

Gold and silver prices increased today as well.

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा तीन हजार ४९० निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ३४५ मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १७५ र त्यति नै चाँदी ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully