सुनको मूल २ लाख ५० हजार नाघ्यो

शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

The gold price has exceeded 250,000 rupees.

काठमाडौँ — शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेसँगै सुनको मूल्य २ लाख ५० हजार नाघेको हो । 

महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । चाँदी प्रतितोला आज ६५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ 

कान्तिपुर संवाददाता

Link copied successfully