नेपाल वायुसेवा निगमले श्रमिक यात्रुका लागि ल्यायो छुटसहित नयाँ भाडादर 

निगमले काठमाडौंबाट दमाम, दोहा, दुबई र क्वालालाम्पुर गन्तव्यतर्फ यात्रा गर्ने श्रमिक यात्रुका लागि प्रत्येक उडानमा १० वटा सिटमा साधारण भाडामा १० प्रतिशत सहुलियत उपलब्ध गराउने निर्णय गरेको हो ।

मंसिर १२, २०८२

सुरज कुँवर

Nepal Airlines Corporation introduces new fares with discounts for labor passengers

काठमाडौँ — नेपाल वायुसेवा निगमले विदेशमा रोजगारीका लागि जाने नेपाली श्रमिक यात्रुहरूलाई लक्षित गर्दै विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ । 

निगमले काठमाडौंबाट दमाम, दोहा, दुबई र क्वालालाम्पुर गन्तव्यतर्फ यात्रा गर्ने श्रमिक यात्रुका लागि प्रत्येक उडानमा १० वटा सिटमा साधारण भाडामा १० प्रतिशत सहुलियत उपलब्ध गराउने निर्णय गरेको हो । निगमका अनुसार, श्रमिक वर्गलाई सहज र किफायती यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यो योजना निगमका नेपालस्थित कार्यालयका टिकट काउन्टरमार्फत आवश्यक कागजात पेस गरी प्राप्त गर्न सकिनेछ ।

नयाँ भाडादर योजना लागू भएपछि श्रम गन्तव्यमा हुने यात्रामा थप सुविधा, सहयोग र सहुलियत पुग्ने विश्वास निगमले व्यक्त गरेको छ । 

निगमले यस सम्बन्धमा थप जानकारी चाहिने यात्रुहरूले केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully