सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आज सुन तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदी ६० रुपैयाँले बढेको छ ।  

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

Gold prices fell, silver prices rose

काठमाडौँ — आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा ४०० ले घटेको छ भने चाँदी ६० ले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २८० कायम भएको छ ।

हिजो सुनको मूल्य प्रतितोला रु दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार २२० मा कारोबार भएको थियो ।

 अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully