एकैदिन सुनको मूल्य तोलामा ५२ सय रुपैयाँले बढ्यो

मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

Gold price increases by Rs 5,200 per tola in one day

काठमाडौँ — सुनको मूल्य एकैदिन तोलामा ५ हजार २ सय रुपैयाँले बढेको छ । मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४२ हजार ७ सय रुपैयाँ थियो । 

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदीको तोलामा ८५ रुपैयाँले वृद्धि भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय १५ रुपैयाँ थियो भने मंगलबार प्रतितोला ३ हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

कान्तिपुर

Link copied successfully