नेप्सेमा ५०.४४ अंकको वृद्धि, ७ अर्ब रुपैयाँको कारोबार

सोमबार कुल ७९ हजार ७१४ पटकको सेयर कारोबारमा १ करोड ४२ लाख ४ हजार ३ सय ६२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

NEPSE gains 50.44 points, turnover reaches Rs 7 billion

काठमाडौँ — सेयर कारोबार मापक  नेप्से परिसूचक ५०.४४ अंकले बढेको छ । आइतबार झन्डै ४० अंकले बढेको थियो । आइतबारको तुलनामा सोमबार १.९४ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ५० दशमलव ६६ विन्दुमा उक्लिएको छ । 

कारोबारमा आएकामध्ये २१५ कम्पनीको सेयर मूल्य बढ्यो, ३७ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रहृयो । यसदिन सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनीको संख्या कम भएकाले समग्र नेप्से दोहोरो अंकले हो । 

सो दिन कुल ७९ हजार ७१४ पटकको सेयर कारोबारमा १ करोड ४२ लाख ४ हजार ३ सय ६२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ३  करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेयर कारोबार रकम आइतबारको तुलनामा बढेको हो । आइतबार ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर  कारोबार भएको छ । 

सो दिन कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सबै उपसमूको परिसूचक बढेपछि समग्र नेप्सेमा वृद्धि भएको हो । 

कान्तिपुर

Link copied successfully