सूर्यविनायक-धुलिखेल सडकको प्रगति ५० प्रतिशत, कामलाई तीव्रता दिन मन्त्री घिसिङको निर्देशन

सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत पुगेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Suryabinayak-Dhulikhel road construction progress 50 percent, Minister Ghisingh directs to expedite work

What you should know

काठमाडौँ — भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारको समग्र निर्माण प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुईवटा प्याकेजमा विभाजन गरी काम भइरहेको छ । 

यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत पुगेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको सडक विभागले जनाएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका छन। निर्माण प्रगति, समस्या लगायतका विषयमा सडक विभागका महानिर्देशक विजय जैसी , आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङलले काम गर्ने अहिले अहिले उपयुक्त मौसम भएको भन्दै निर्माणलाई तिब्रता दिन आग्रह गरे। 

आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्नेगरी काम गर्न मन्त्रीले घिसिङल आग्रह गरे । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उनको भनाई थियो । 

सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । आयोजनाले छिटो काम सक्न ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । 

मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन पनि आग्रह पनि गरे । 

दुबै प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । साँगा—धुलिखेल खण्डमा २ किमि  सडक कालोपत्रे गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully