झन्डै ४० अंकले बढ्यो नेप्से

अघिल्लो दिनको तुलनामा ३९.९२ अंकले बढेर समग्र नेप्से २ हजार ६ सय विन्दुमा पुगेर बन्द भएको छ ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — गत बिहीबार सामान्य अंकले ऋणात्मक अवस्थामा बन्द भएको नेप्से आइतबार झन्डै ४० अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ३९.९२ अंकले बढेर समग्र नेप्से २ हजार ६ सय विन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो १.५५ प्रतिशतले बढेको हो ।

आइतबार कारोबारमा आएकामध्ये २३७ कम्पनीको सेयर मूल्य बढ्यो, १८ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रहृयो । यसदिन सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनीको संख्या कम भएकाले समग्र नेप्से दोहोरो अंकले हो ।

सो दिन कुल ७६ हजार २८ पटकको सेयर कारोबारमा १ करोड ३३ लाख ८१ हजार ९ सय २६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सो दिन कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सामुहिक लगानी कोष बाहेक सबैको परिसूचक बढेपछि समग्र नेप्से ३९.९२ अंकले बढेको हो । 

कान्तिपुर

Link copied successfully