नेप्से तीन दिन घट्यो, दुई दिन बढ्यो

सातामा कारोबारमा आएकामध्ये १ सय ४७ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ६ कम्पनीको घटेको एनपी स्टक्स डटकमले जनाएको छ । कुल ४ करोड ३ लाख २० हजार कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

NEPSE fell for three days, rose for two days

What you should know

काठमाडौँ — यो साता सेयर कारोबार मापक नेप्से परिसूचक १५.३८ अंकले बढेको छ । साताभर शून्य दशमलव ६० प्रतिशतको वृद्धिपछि नेप्से २५ सय ६० दशमलव २९ बिन्दुमा उक्लिएको छ । यो साता ५ दिन कारोबार भएकामा २ कारोबार दिन मात्रै नेप्से बढ्यो । अन्य ३ कारोबार दिन नेप्से घट्यो । 

आइतबार ५.१५ अंकले नेप्से घटेको थियो । सोमबार ९.७८ अंक र मंगलबार १५.७० अंकले बढ्यो । सेयर बजार बुधबार ४.९८ र बिहीबार ०.७९ अंकले घटेको थियो । साताको अन्तिम दुई कारोबार दिन नेप्से गिरावटले निरन्तरता पाएको थियो ।

सातामा कारोबारमा आएकामध्ये १ सय ४७ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ६ कम्पनीको घटेको एनपी स्टक्स डटकमले जनाएको छ । कुल ४ करोड ३ लाख २० हजार कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गत साता कारोबारमा आएकामध्ये होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, जलविद्युत्, विकास बैंक, अन्य, लघुवित्त, व्यापार, लगानी र जीवन बिमा बढे । 

बैंकिङ, निर्जीवन बिमा र फाइनान्स उपसमूह घटे । होटल तथा पर्यटन ४.९८, उत्पादन तथा प्रशोधन १.५२, जलविद्युत् १.२८, विकास बैंक १.०३, अन्य ०.७३, लघुवित्त ०.६५, व्यापार ०.५९, लगानी ०.४० र जीवन बिमा ०.३९ प्रतिशतले बढ्यो । बैंकिङ ०.३६, निर्जीवन बिमा ०.६६ र फाइनान्स ०.८२ प्रतिशतले घटे ।

बन्दीपुर केबलकार एन्ड टुरिजम, सागर डिस्टिलरी, झापा इनर्जी, बुंगल हाइड्रो, हिमस्टार ऊर्जा कम्पनी, माबिलुङ इनर्जी, स्वस्तिक लघुवित्त, श्वेत गंगा हाइड्रो एन्ड कन्स्ट्रक्सन, मोदी इनर्जी र सप्तकोशी विकास बैंकका लगानीकर्ताहरूले गत साता आफ्नो सम्पत्तिको मूल्य बढाए । बन्दीपुर केबलकार एन्ड टुरिजमको ६१ प्रतिशत, सागर डिस्टिलरीको ६१ प्रतिशत, झापा इनर्जीको ५५.२५ प्रतिशत, बुंगल हाइड्रोको ३३.११, हिमस्टार ऊर्जा कम्पनीको ३१.४२, माबिलुङ इनर्जीको २४.८२, स्वस्तिक लघुवित्तको १९.३८, श्वेतगंगा हाइड्रो एन्ड कन्स्ट्रक्सनको १४.९३, मोदी इनर्जीको १३.३६ र सप्तकोशी विकास बैंकको १२.२० प्रतिशतले सेयर मूल्य बढ्यो ।

गत साता लघुवित्त र जलविद्युत् कम्पनीका लगानीकर्ताहरूले आफ्नो सम्पत्तिको मूल्य गुमाए । भूगोल इनर्जी डेभलपमेन्ट, पिपल्स हाइड्रोपावर, रुरु जलविद्युत् परियोजना, सिर्जनशील लघुवित्त, उन्नति सहकार्य लघुवित्त, मैलुङ हाखोला जलविद्युत्, हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, इन्फिनिटी लघुवित्त र सिटिजन बैंक इन्टरनेसनलको सेयर मूल्य घट्यो ।

यी कम्पनीले कमाए 

–बन्दीपुर केबलकार एन्ड टुरिजम : ६१ प्रतिशत 

–सागर डिस्टिलरी : ६१ प्रतिशत 

–झापा इनर्जी : ५५.२५ प्रतिशत 

–बुंगल हाइड्रो : ३३.११ प्रतिशत 

–हिमस्टार ऊर्जा कम्पनी : ३१.४२ प्रतिशत 

–माबिलुङ इनर्जीको : २४.८२ प्रतिशत 

–स्वस्तिक लघुवित्त : १९.३८ प्रतिशत 

–श्वेतगंगा हाइड्रो एन्ड कन्स्ट्रक्सन : १४.९३ प्रतिशत 

–मोदी इनर्जी : १३.३६ प्रतिशत 

–सप्तकोशी विकास बैंक : १२.२० प्रतिशत 

यी कम्पनीले गुमाए 

–भूगोल इनर्जी डेभलपमेन्ट : –२०.८० प्रतिशत 

–पिपल्स हाइड्रोपावर : –१०.९४ प्रतिशत 

–रुरु जलविद्युत् परियोजना : –८.६९ प्रतिशत 

–सिर्जनशील लघुवित्त : –६.५९ प्रतिशत 

–उन्नति सहकार्य लघुवित्त : –४.६७ प्रतिशत 

–मैलुङ खोला जलविद्युत् : –४.३० प्रतिशत 

–हिमालयन पावर पार्टनर : –४.२१ प्रतिशत 

–युनियन हाइड्रोपावर : –४.१० प्रतिशत 

–इन्फिनिटी लघुवित्त : –३.१९ प्रतिशत 

–सिटिजन बैंक इन्टरनेसन : –३.१२ प्रतिशत 

कान्तिपुर संवाददाता

Link copied successfully