भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्सले एक करोड र एफवान सफ्टद्वारा ७५ लाख सहयोग

भदौ २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको थियो । कोषमा आइतबारसम्म ९ करोड ३० लाख रुपैयाँ मात्र संकलन भएको छ ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Life Insurance contributes Rs 10 million and F1 Soft contributes Rs 75 million to the Physical Infrastructure Reconstruction Fund

काठमाडौँ — सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले सहयोग रकमको चेकको भौचर अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।  

त्यसैगरी भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुने गरी एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट इन्टरनेसनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीहरुको संयुक्त योगदान हुने गरी ७५ लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार उक्त ग्रुपको तर्फबाट अध्यक्ष सिद्धान्त ठकुरीले अर्थमन्त्री खनाललाई चेक हस्तान्तरण गरेका हुन् । 

Life Insurance contributes Rs 10 million and F1 Soft contributes Rs 75 million to the Physical Infrastructure Reconstruction Fund

भदौ २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको थियो । कोषमा आइतबारसम्म ९ करोड ३० लाख रुपैयाँ मात्र संकलन भएको छ ।

सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले गत असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वेच्छिक रूपमा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो । जसअनुसार व्यक्ति र संस्था गरेर करिब सवा ९ करोड रुपैयाँ बराबर सहयोग गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

कोषमा हालसम्म सहयोग गर्नेहरूमा संस्था कम र व्यक्ति धेरै रहेका छन् । रकमका आधारमा सबैभन्दा बढी डेढ करोड रुपैयाँसम्म संकलन भएको छ भने एक दर्जनभन्दा बढी व्यक्तिबाट एक रुपैयाँ प्राप्त भएको स्रोतले जनाएको छ ।

प्रदर्शनका क्रममा सरकारी र निजी दुवै क्षेत्रमा ठूलो क्षति भएको छ । क्षतिको आकलन अझै हुन सकेको छैन । यद्यपि अर्थ मन्त्रालयका अधिकारीहरूले सरकारी र निजी क्षेत्र गरी १ खर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्यांक देखिएको बताएका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले ८० अर्बभन्दा बढी निजी सम्पत्तिमा क्षति पुगेको दाबी गरेको छ ।

यता सरकारले क्षतिको विवरण र पुनर्निर्माण लागतका लागि अध्ययनको काम सुरु गरेको छ । सो कामका लागि ४५ दिनको समय दिइएको छ ।

कान्तिपुर

Link copied successfully