सुरक्षण मुद्रण केन्द्रले छापेका लाइसेन्स विभागलाई बुझायो

गत कात्तिक १३ मा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पुराना २५ लाखमध्ये १२ लाख लाइसेन्स छपाइ गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

मंसिर ५, २०८२

कान्तिपुर संवाददाता

Security Printing Center submits printed licenses to the department

काठमाडौँ — सुरक्षण मुद्रण केन्द्रले ५ सय २० वटा सवारी चालक अनुमती पत्र (लाइसेन्स) छपाइ गरेर शुक्रबार यातायात व्यवस्था विभागलाई बुझाएको छ ।आजै विभागले थप १ हजार १३ वटा लाइसेन्स छपाइका लागि केन्द्रमा पठाएको छ ।ती लाइसेन्स नयाँ र पुरानो दुवै भएको विभागका निर्देशक केशव खतिवडाले बताए ।

‘सुरक्षण मुद्रण केन्द्रबाट आएको लाइसेन्स सोमबार र शुक्रबार वितरण गर्ने तयारीमा छौं,’ उनले भने, ‘त्यसका लागि हप्तामा दुई पटक लाइसेन्स छपाइका लागि केन्द्रलाई डेटा पठाउने तयारीमा छौं, कुन–कुन बार पठाउने भन्नेबारे आइतबार निर्णय गर्छौँ ।’

गत कात्तिक १३ मा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पुराना २५ लाखमध्ये १२ लाख लाइसेन्स छपाइ गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यही अनुसार सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाइ गरेर विभागलाई बुझाएको हो ।

कान्तिपुर

Link copied successfully