आज एक तोला सुनको मोल २ लाख ४१ हजार ७ सय निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय कायम भएको छ ।
काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ३ सयले घटेको छ भने त्यति नै परिमाणको चाँदी ८५ रुपैयाँले घटेको छ ।
आज एक तोला सुनको मोल २ लाख ४१ हजार ७ सय निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय कायम भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।