कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

कृषिमा ६० प्रतिशत र पर्यटन क्षेत्रमा २४ प्रतिशत लगानी प्रतिबद्धता देखिँदा अन्य क्षेत्रहरूमा पनि उत्साहजनक वृद्धि देखिएको छ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

FDI commitment of Rs 1.5 billion in Kartik alone

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । कुल ७१ वटा उद्योगमा साढे १ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ। 

कुल ६९ वटा साना उद्योग र २ वटा मध्यम उद्योगमा लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउन-कात्तिकमा ३८२ उद्योगमा ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । 

कृषिमा ६० प्रतिशत, सेवा क्षेत्रमा ८ प्रतिशत, उत्पादन ५ प्रतिशत, पर्यटन २४ प्रतिशत,  ऊर्जामा १ प्रतिशत, सूचना तथा प्रविधिमा २ प्रतिशत लगाी प्रतिवद्धता आएको छ । विभागका अनुसार एक हजार २० जना लगानीकर्ता, २०५ जना प्रतिनिधि र ३३२ जनाले डिपेन्डेन्ट बिजनेस भिजा लिएका छन् ।

साउन-कात्तिकसम्म ३८ करोड २२ लाख ५४ हजार रुपैयाँ रोयल्टी, ८ लाख १५ हजार अमेरिकी डलर, २० करोड भारु रोयल्टीबापत लगानीकर्ताहरु फिर्ता लैजान स्विकृती लिएका छन् । यस्तै लाभांसबापत ६ करोड ७९ लाख ८२ हजार रुपैयाँ फिर्ता लैजान स्विकृती लिएको विभागले जनाएको छ ।

पहिलो चौमासिकमा उत्पादनमुलकतर्फ २१ वटा उद्योगमा १ अर्ब ६५ करोड २० लाख रुपैयाँ, ऊर्जामुलकमा १ उद्योगमा १८ करोड ४२ लाख, कृषिमुलकमा १३ उद्योगमा २१ अर्ब ८८ करोड, पर्यटनमुलकमा ११८ उद्योगमा ८ अर्ब ९४ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । 

खनिजमुलकमा १ उद्योगमा ४ करोड ५० लाख, सेवामुलकमा २३ उद्योगमा ३ अर्ब ९ करोड र सूचनाप्रविधिमुलकका २०५ वटा उद्योगमा ८७ करोड ४३ लाख ८६ हजार रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully