बुधबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ७० कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।
काठमाडौँ — अघिल्ला दुई कारोबार दिन लगातार बढेको नेप्सेको वृद्धि बुधबार भने टिकेन । अघिल्लो दिनको तुलनामा ४.९८ अंकले घटेर नेप्से परिसूचक २ हजार ५ सय ६१.०८ विन्दुमा ओर्लेको छ ।
अघिल्लो दिनको तुलनामा यो ०.१९ प्रतिशतले बढी हो । गत आइतबार नेप्से घटे पनि सोमबार र मंगलबार औसतमा दोहोरो अंकले बढेको थियो ।
बुधबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ७० कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो । यसदिन सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनीको संख्या धेरै भएकाले समग्र नेप्से करिब ५ अंकले घटेको हो ।
सो दिन कुल ५० हजार ६ सय २६ पटकको सेयर कारोबारमा ८३ लाख ८८ हजार ३ सय ७३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । मंगलबार सेयर बजारमा ४ अर्ब १० करोड ५४ लाख रुपैयाा बराबरको सेयर कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटल, उत्पादन तथा प्रशोधन, सामुहिक लगानी कोष र व्यापार उपसमूहको परिसूचक सकारात्मक रहे । बाँकी उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ ।
