फेरि बढ्यो सुनचाँदीको मूल्य

आज सुनको मूल्य तोलामा दुई हजार ८०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी ६० ले बढेको छ ।

मंसिर ३, २०८२

रासस

Gold and silver prices increase again

काठमाडौँ — अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ८०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी ६० ले बढेको छ ।

आज एक तोला सुनको मोल दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १५० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

रासस

Link copied successfully