नेपाल–बेलायत उद्योग वाणिज्यमा नयाँ नेतृत्व

संघका उपाध्यक्ष पियुषराज अर्याल, कोषाध्यक्षमा विद्यावरिधि सिग्देल, महासचिवमा शरद बञ्जारा, उपमहासचिवमा गोविन्द शाही चुनिएका छन् ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

New leadership in Nepal-UK trade and industry

काठमाडौँ — नेपाल–बेलायत उद्योग वाणिज्य संघले रोशन राठीको नेतृत्वमा नयाँ कार्यसमिति चुनेको छ । 

संघका उपाध्यक्ष पियुषराज अर्याल, कोषाध्यक्षमा विद्यावरिधि सिग्देल, महासचिवमा शरद बञ्जारा, उपमहासचिवमा गोविन्द शाही चुनिएका छन् । त्यस्तै सदस्यमा येमी कार्की, शिवप्रकाश खेम्का, नीलु बस्न्यात चुनिएका छन् । 

सन् १९९५ मा स्थापना भएको नेपाल–बेलायत उद्योग वाणिज्य संघ नेपालका अग्रणी द्विराष्ट्रिय उद्योग वाणिज्य संघमध्ये एक हो । स्थापनाकालदेखि नै यस संस्थाले व्यापार, लगानी, प्रविधि हस्तान्तरण, निर्यात प्रवर्द्धन, नीतिगत समन्वय तथा व्यावसायिक प्रतिनिधिमण्डल आदान–प्रदानमार्फत दुवै देशबीच दीर्घकालीन आर्थिक सहकार्य प्रवर्द्धन गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully