सोमबारको तुलनामा १५.७० अंकले बढेपछि समग्र नेप्से २ हजार ५ सय ६६.०७ अंकमा पुगेर बन्द भएको छ ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ ।
सोमबारको तुलनामा १५.७० अंकले बढेपछि समग्र नेप्से २ हजार ५ सय ६६.०७ अंकमा पुगेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो ०.६१ प्रतिशतले बढी हो ।
मंगलबार कारोबारमा आएकामध्ये २०७ कम्पनीको सेयर मूल्य बढ्यो, ४४ कम्पनीको मूल्य घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो । यसदिन सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनीको संख्या कम भएकाले समग्र नेप्से दोहोरो अंकले बढेको हो ।
सो दिन कुल ५५ हजार २ सय ७७ पटकको सेयर कारोबारमा ९२ लाख ५५ हजार ४ सय ५७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब १० करोड ५४ लाख रुपैयाा बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । सोमबार सेयर बजारमा ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढेको हो ।
