सरकारले चालु आर्थिक वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।
काठमाडौँ — सरकारले चार महिनामा सवा तीन खर्ब रुपैयाँ राजस्व उठाएको छ । अर्थ मन्त्रालयका अनुसार साउन-कात्तिकसम्म ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।
सरकारले चालु आर्थिक वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । साउन-कात्तिकसम्म ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजस्व उठेको हो ।
सरकारले कात्तिक महिनामा मात्रै १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । तर कात्तिकमा ७८ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठाएको हो । कात्तिक ३० गते मात्रै ३ अर्ब ६८ करोड रुपैयाँ राजस्व उठाएको सरकारले जनाएको छ ।
