सबैभन्दा बढी कर तिर्नेमा राज बहादुर शाह र नेपाल दुरसञ्चार प्राधिकरण

सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोवार गर्नेमा भेरिक्स नेपाल, कृषि एवं पशुपंक्षीजन्य उद्योगमा पोषक ब्रिडर फार्म र बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सम्मान गरेको हो ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Raj Bahadur Shah and Nepal Telecommunications Authority are the highest tax payers

What you should know

काठमाडौँ — आर्थिक वर्ष २०८०/२०८१  मा सबैभन्दा बढी कर तिर्नेमा संस्थागततर्फ नेपाल दुरसञ्चार प्राधिकरण र व्यक्तिगततर्फ राज बहादुर शाहलाई सम्मान गरिएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागद्वारा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले प्राधिकरण र शाहलाई सम्मान गरेको हो । 

विभागका अनुसार एकलौटी फर्ममा थर्ड आई इण्टरनेशनल र वस्तु निर्यातको कारोवार गर्नेमा डाबर नेपाललाई सम्मान गरेको छ ।

सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोवार गर्नेमा भेरिक्स नेपाल, कृषि एवं पशुपंक्षीजन्य उद्योगमा  पोषक ब्रिडर फार्म. बैंक, वित्तीय संस्था र बीमाको कारोवार गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सम्मान गरेको हो ।

स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्ये नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापार कारोबार गर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टललाई सम्मान गरेको छ । 

वार्षिक कारोवार रकम  ५० करोडभन्दा बढी  १ अर्ब रुपैयाँसम्म कारोवार गर्नेमा सीडीएस एन्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी,  रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोवार गर्नेतर्फ  आईएमई लिमिटेडलाई सम्मान गरेको छ ।

विभागले २०७६ साउनदेखि २०८२ असारमसान्तसम्मको कर अवधिमा मुल्य अभिवृद्धि कर  विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित  सहभागिता जनाएका करदातामा नेपाल दूरसंचार कम्पनी लिमिटेडलाई सम्मान गरेको हो । 

वार्षिक कारोवार रकम ५० करोड रुपैयाँसम्म कारोवार गर्ने करदाताहरु मध्ये आर्थिक वर्ष २०८०/०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने भीएफ सर्भिसेज (मोरिसस) पनि सम्मान गरेको छ । 

विशेष उद्योगहरुमध्ये आ.व. २०८०/०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर तिर्ने यूनिलिभर नेपाल लिमिटेडलाई पनि सम्मान गरेको विभागले जनाएको छ । 

कान्तिपुर

Link copied successfully