सेयर बजारमा सामान्य गिरावट, पौने ४ अर्बको कारोबार

कारोबारमा आएका ७५ कम्पनीको सेयर मूल्य बढ्यो, १६८ कम्पनीको मूल्य घट्यो भने १४ कम्पनीको मूल्य स्थिर रह्यो ।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

Stock market declines slightly, turnover of Rs. 4.5 billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५.१५ अंकले घटेको छ । शून्य दशमलव २० प्रतिशतले घटेपछि २५ सय ४० दशमलव ५७ विन्दुमा ओर्लिएको हो । 

कुल ७५ कम्पनीको सेयर मूल्य बढ्यो, १६८ कम्पनीको मूल्य घट्यो भने १४ कम्पनीको मूल्य स्थिर रह्यो । 

कुल ४७ हजार १७६ पटकको सेयर किनबेचमा ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार ७९ लाख ५७ हजार छट कित्ता सेयर किनबेच भए ।

कुल १३ उपसमूहमध्ये होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूह मात्रै बढे । विकास बैंक, निर्जीवन बिमा, जीवन बिमा, लघुवित्तलगायत उपसमूह घटे । 

कान्तिपुर संवाददाता

Link copied successfully