रेमिट्यान्स ३५.४ प्रतिशतले बढ्यो, असोजमा मात्रै २ खर्ब रुपैयाँ भित्रियो 

चालु आर्थिक वर्षको तीन महिनामा  रेमिट्यान्समार्फत ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

Remittances increased by 35.4 percent, with Rs 200 billion inflow in Asoj alone

काठमाडौँ — चालु आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्समार्फत ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.९  प्रतिशतले बढेको थियो ।२०८२ असोज महिना मात्र २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको असोज महिनामा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख २३ हजार ४५९  र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २ सय ५७ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १० हजार ६ सय ५४ र ५९ हजार ९ सय ३ढ रहेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully