सरकारको खातामा पौने २ खर्ब रुपैयाँ नगद मौज्दात

२०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ रहेको थियो ।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

Government has a cash balance of Rs. 2.5 trillion in its account.

काठमाडौँ — संघ, प्रदेश र स्थानीय तहका विभिन्न खातामा १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार २०८२ असोज मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ७४ अर्ब ९२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।

२०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रहेको थियो । 

तीन महिनामा प्रदेश सरकारहरूको कुल खर्च १७ अर्ब १५ करोड र स्रोत परिचालन ४५ अर्ब ८ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ३५ अर्ब ७ करोड रुपैयाँ र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ९ अर्ब ३५ करोड रुपैयाँ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully