तोलामा ६ हजार ९ सयले घट्यो सुनको मूल्य

चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३ हजार १३५ मा कारोबार भइरहेको छ ।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

Gold price drops by 6,900 per tola

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा ६ हजार ९ सयले गिरावट आएको छ । आज एक तोला सुनको मूल्य २ लाख ४२ हजार ८ सय निर्धारण भएको छ । शुक्रबार एक तोला सुन २ लाख ४९ हजार ७ सयमा किनबेच भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि १५० ले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार १३५ मा कारोबार भइरहेको छ । गत शुक्रबार त्यति नै परिमाणको चाँदी ३ हजार २८५ मा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

कान्तिपुर

Link copied successfully