विदेशी लगानी सहजीकरण गर्न अर्थ मन्त्रालयमा फोकल युनिट स्थापना

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत एक फोकल युनिट स्थापना गरेको जनाएको छ ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Focal unit established in the Ministry of Finance to facilitate foreign investment

काठमाडौँ — सरकारले विदेशी लगानीकर्ताका लागि सहजीकरण तथा समन्वयका लागि  फोकल युनिट स्थापना स्थापना गरेको छ ।

अर्थ मन्त्रालयले सूचना जारी गर्दै विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरुसँगको समन्वयलाई प्रभावकारी बनाउन,  विदेशी लगानीकर्ताका लागि गर्नु पर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय र निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न युनिट स्थापना गरेको हो ।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत एक फोकल युनिट स्थापना गरेको जनाएको छ ।

विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैंकिङ तथा राजस्वसँग सम्बन्धित विषयमा उक्त युनिटले आवश्यक समन्वय गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully