बैंकले प्रवाह गरेको ऋणको उपयोग खोज्नु पर्छ : गभर्नर पौडेल

छैठौं वार्षिक साधारणसभामा गभर्नर पौडेलले कागजी प्रक्रिया र कृषिमा गएको ऋणको वास्तविक प्रयोगबारे अनुसन्धान हुनुपर्ने बताए।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Banks should find ways to utilize loans disbursed: Governor Poudel

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण कता उपयोग भएको भन्नेबारे खोजतलास गर्नुपर्ने नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बताएका छन्। अधिकांश ऋण उत्पादन तथा प्रशोधन क्षेत्रमा गएको छ वा कागजी प्रक्रिया मिलाएर उपयोग भइरहेको छ भन्नेबारेमा अनुसन्धान गरिनुपर्ने उनको भनाइ छ।

बैंक तथा वित्तीय संस्था परिसंघको छैठौं वार्षिक साधारणसभामा बोल्दै गभर्नर पौडेलले बैंकिङ क्षेत्रले कागज खेलाएर कर्जा दिएका छन् कि खेती गर्न दिएको छ? भन्नेमा अध्ययन हुनुपर्ने बताए।

‘बैंकबाट कृषिमा गएको लोन कृषिका लागि गएको छ कि त्यो पैसा विदेश जान खर्च भएको छ,’ उनले भने, ‘एसएमई लोन राम्रो भयो भने देश बलियो हुन्छ। तर, त्यसो हुन सकेको छैन।’

पछिल्ला वर्षमा नेपालमा कालो सूचीको समस्या बढेकोमा उनले चिन्ता व्यक्त गरेका छन्। अधिकांश चेक बाउन्समा परेको र चेक बाउन्समा पर्नासाथ अपराधीकरण नहुने उनको भनाइ छ। यस्तो कानुन संशोधन गर्न आवश्यक रहेको उनले बताए।

राष्ट्र बैंकले माइक्रो म्यानेजमेन्ट छोडेर नीतिगत काममा प्राथमिकता दिन थालेको पनि उनले बताए। अब राष्ट्र बैंक सेयर ट्रान्स्फर जस्ता रिटेल काम गरेर नबस्ने र यस्ता काम कम्पनी सचिवबाट गर्न मिल्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए।

कान्तिपुर संवाददाता

Link copied successfully