सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको हो ।
काठमाडौँ — सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको हो ।
प्रतितोला चाँदीको मूल्य ६० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य प्रतितोला दुई लाख ४९ हजार ७ सय रुपैयाँ पुगेको छ । बिहीबार एक तोला सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार २ सय रुपैयाँ पुगेको थियो ।
चाँदी प्रतितोला तीन हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो ।
