नेप्से एक अंकले बढे पनि कारोबार रकम घट्यो

अघिल्लो दिनको तुलनामा ०.०४ प्रतिशतको सुधारसहित समग्र नेप्से २ हजार ५ सय ४५.७३ अंकमा पुगेर बन्द भएको छ ।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Even though NEPSE rose by one point, trading volume decreased

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचकमा बिहीबार १.१३ अंकको सुधार  देखिएको छ । अघिल्लो दिनको तुलनामा ०.०४ प्रतिशतको सुधारसहित समग्र नेप्से २ हजार ५ सय ४५.७३ अंकमा पुगेर बन्द भएको छ ।

सो दिन कारोबारमा आएकामध्ये १२३ कम्पनीको सेयर मूल्य बढ्यो, १२४ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । यसदिन सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनीको संख्या एकले बढी छ । तरपनि नेप्सेमा झिनो सुधार देखिएको हो ।

सो दिन कुल ५० हजार ६ सय २१ पटकको सेयर कारोबारमा ७६ लाख ५ हजार ८४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार सेयर बजारमा ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र अन्यको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक भने सामान्य अंकले बढे ।

कान्तिपुर

Link copied successfully