सोनापुर मिनरलले तिर्‍यो डेडिकेटेड तथा ट्रंक लाइन बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत् लाइन जोडियो

पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत् लाइन मंगलबार साँझ जडान गरिएको छ ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

Sonapur Minerals pays first installment of dedicated and trunk line dues, disconnected power line reconnected

काठमाडौँ — दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ ।

पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत् लाइन मंगलबार साँझ जडान गरिएको छ ।

सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ । 

बक्यौतालाई २८ किस्तामा विभाजन गरी सोनापुर मिनरले ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

कान्तिपुर

Link copied successfully