सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा आचार्य 

सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Acharya appointed as CEO of Sanima Bank

काठमाडौँ — सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकले आचार्यलाई २०८२ माघ १२ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको जनाएको छ ।

आचार्य सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रही बैंकिङ क्षेत्रमा २१ वर्ष लामो अनुभव संगालेका छन् । उनी सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन् ।  यसअघि पनि बैंकको दशवटा विभागमा उनले विभागीय प्रमुखका रुपमा राम्रो अनुभव बटुलेको बैंकको विज्ञप्तिमा उल्लेख छ । 

आचार्यको कर्जा मूल्यांकन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा संचालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन् ।

कान्तिपुर

Link copied successfully