सामान्य अंकले घट्यो नेप्से

सोमबार कारोबारमा आएकामध्ये ९१ कम्पनीको सेयर मूल्य बढ्यो, १५१ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

NEPSE fell by a modest percentage point

काठमाडौँ — साताको दोस्रो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४.१५ अंकले घटेको छ । शून्य दशमलव १६ प्रतिशतले घटेपछि समग्र नेप्से परिसूचक २५ सय ६१ दशमलव ९४ बिन्दुमा ओर्लिएको छ । आइतबार नेप्से ३०.०२ अंकले घट्यो ।

सोमबार कारोबारमा आएकामध्ये ९१ कम्पनीको सेयर मूल्य बढ्यो, १५१ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ४० हजार ५९१ पटककफ सेयर किनबेचमा ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

नेप्सेका अनुसार ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर किनबेच भए । होटल तथा पर्यटन, व्यापार र लगानी उपसमूहबाहेक सबै उपसमूहहरू घट्यो । होटल तथा पर्यटन १०१.९८ र व्यापार २१.१७ अंकले बढेको छ । घट्ने उपसमूहहरुमा जीवन बिमा, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधनलगायत रह्यो । 

दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी,बुंगल इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । माबिलुङ इनर्जीको ९.९८ र  सिटी होटलको ९.९४ प्रतिशतले सेयर मूल्य बढ्यो । उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेपछि सर्किट ब्रेक लाग्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully