कुल २८ कम्पनीको सेयर मूल्य बढ्यो, २२२ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३० दशमलव ०२ अंकले घटेको छ । साताको पहिलो दिन एक दशमलव १५ प्रतिशतले घटेपछि समग्र नेप्से परिसूचक २५ सय ६६ दशमलव शून्य ९ बिन्दुमा ओर्लिएको छ ।
कुल १३ उपसमूहमध्ये सबै उपसमूहहरू घटे । जीवन बिमा, निर्जीवन बिमा, जलविद्युत्लगायत सबै उपसमूह घटे ।कुल २८ कम्पनीको सेयर मूल्य बढ्यो, २२२ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ४७ हजार २६८ पटकको सेयर किनबेचमा ४ अर्ब ९० करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच भए ।
