अघिल्लो दिनको तुलनामा ०.४३ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय ९६.१२ अंकमा ओर्लेर बन्द भएको छ ।
काठमाडौँ — अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्सेमा बिहीबार ११.२९ अंकको गिरावट आएको छ । बुधबार नेप्से १२.१७ अंकले बढेको थियो । अघिल्लो दिनको तुलनामा ०.४३ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय ९६.१२ अंकमा ओर्लेर बन्द भएको छ ।
यस दिन कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६५ वटाको घट्यो । ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहृयो । यसरी सेयरमूल्य बढ्ने कम्पनी घट्नेभन्दा कम भएपछि बिहीबार समग्र नेप्से दोहोरो अंकले ओरालो लागेको हो ।
बिहीबार ५० हजार ४ सय ३७ पटकको कारोबारमा १ करोड ८ लाख ६८ हजार १ सय ४६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार ४ अर्ब ६८ करोड १९ लाख रुपैयाा बराबरको सेयर कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले ओरालो लागेको हो ।
