आइतबार सोमबार ८.२४ र मंगलबार २७.६४ अंकले घटेको नेप्से बुधबार १२.१७ अंकले बढेको हो ।
काठमाडौँ — अघिल्ला दुई दिन लगातार घटेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेको छ । आइतबार सोमबार ८.२४ र मंगलबार २७.६४ अंकले घटेको नेप्से बुधबार १२.१७ अंकले बढेको हो ।
अघिल्लो दिनको तुलनामा ०.४६ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ७.४२ अंकमा पुगेर बन्द भएको छ ।
सो दिन कारोबारमा आएकामध्ये १४९ कम्पनीको सेयर मूल्य बढ्दा ९० वटाको घट्यो । १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रहयो ।
बुधबार ४२ हजार ८ सय ७९ पटकको कारोबारमा ९२ लाख १८ हजार ८ सय १० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार ५ अर्ब १५ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन र सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक बढे पनि समग्र नेप्से दोहोरो अंकले बढेको हो । तर सो दिन होटेल तथा पर्यटन उपसमूहको परिसूचक ०.४५ र सामुहिक लगानी कोषको ०.०५ प्रतिशतले घटे ।
