नेप्सेमा २७ अंक गिरावट, कारोबार रकम पनि घट्यो     

अघिल्लो दिनको तुलनामा १.०५ प्रतिशतले घटेपछि सग्रग नेप्से २ हजार ५ सय ९५.२४ अंकमा पुगेर बन्द भएको छ ।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

NEPSE falls 27 points, trading volume also decreases

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २७.६४ अंकले घटेको छ । सोमबार ८.२४ अंकले घटेर बन्द भएको नेप्सेमा मंगलबार गिरावटको वृद्धिदर बढेर २७.६४ अंक पुगेको हो ।

अघिल्लो दिनको तुलनामा १.०५ प्रतिशतले घटेपछि सग्रग नेप्से २ हजार ५ सय ९५.२४ अंकमा ओर्लेर बन्द भएको छ ।

सो दिन कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ वटाको घट्यो । तीन वटा कम्पनीको सेयर मूल्य स्थिर रहयो ।

मंगलबार ४६ हजार ८ सय ७५ पटकको कारोबारमा १ करोड ३ लाख ४३ हजार ८ सय ९८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब १५ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार ६ अर्ब ५ करोड २२ लाख रुपैयाा बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक ओरालो लागेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

कान्तिपुर

Link copied successfully